१६ पुस २०८२, बुधबार | December 31, 2025

लुम्बिनीको दानपात्रमा २२ लाख बढी रकम



बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ३ महिनाको अवधिमा २२ लाख बढी दान संकलन भएको छ । लुम्बिीनीका मुख्य मुख्य स्थानमा राखिएको ३ वटा दानपात्रबाट २२ लाख रुपैंया बढी नगद दान संकलन भएको हो ।

लुम्बिनी स्थित मायाँदेवी मन्दिरमा राखिएको दानपात्रमा ३ महिनाको अवधिमा २२ लाख ९७ हजार रुपैंया संकलन भएको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईले जानकारी दिए ।

लुम्बिनी बिकास कोषले गत आईतबारदेखि दानपात्रको रकम गणना सुरु गरेको थियो । कोषको निर्णयमा १५।१५ दिनमा दानपत्र खोल्ने भनिएपनि दानपत्र भरिएपछिमात्र खोल्ने समझदारी अनुसार ३ महिनापछि दानपत्र भरिएको र त्यसपछि खोलिएको कोषध्यक्ष भट्टराईले बताए ।

दानपात्रमा रहेको रकम गणनालाई पारदर्शी बनाउन सीसीटिभीको निगरानी सहित सुरक्षाको पर्याप्त व्यवस्था गरिएको थियो ।

कोषाध्यक्ष भट्टराईले कोरोना महामारी पछि लुम्बिनीमा विदेशी पर्यटक कम आएकाले दानपेटिकामा भेटी कम आएको बताए । अघिल्लो वर्ष चैतको १८ गते दानपेटिका खोलिएको थियो यो वर्ष असारको १९ गते खोलिएको हो । कोषले दानपात्रमा संकलित उक्त रकमबाट करारका कर्मचारीलाई तलव लगायत अन्य व्यवस्थापनको काम गर्दै आएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ५२ बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली