२९ असार २०८३, सोमबार | July 13, 2026

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका छन् ।

४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् ।

विधानतः बाध्यकारी मात्र नभई पार्टीभित्रको एकता र आत्मविश्वासका लागि पनि पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने थापाको भनाइ छ। राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्षम कांग्रेस निर्माण गर्नु आज प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै उनले सोही जिम्मेवारी पूरा गर्न विशेष महाधिवेशन आह्वानको बाटोमा अघि बढिएको बताएका छन्।

महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने मार्गमा दृढतापूर्वक हातेमालो गर्दै एकताबद्ध हुन सम्पूर्ण कांग्रेसजनलाई आह्वान गरेका छन्।

उनले पार्टीभित्रको एकता निषेध र विरोधबाट नभई फरक विचारलाई सम्मान गर्दै साझा मञ्चमा छलफलबाट मात्र सम्भव हुने बताएका छन्।

आजभन्दा ४९ वर्षअघि विषम परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’को आह्वान गर्दै स्वदेश फर्किएको ऐतिहासिक स्मरण गर्दै थापाले जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धामार्फत अभिव्यक्त हुन सक्नुपर्नेमा जोड दिएका छन्। उनले एकले अर्कोलाई विरोध र निषेध गर्ने होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

थापाले नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वास खोजिरहेको उल्लेख गर्दै त्यो आत्मविश्वास पार्टी एकताबाट मात्र आउने स्पष्ट पारेका छन्। उनका अनुसार फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्न सकिने साझा मञ्चको प्रयोगबाट नै एकताको उद्भव हुन्छ, जसका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ।

साथै, उनले सबैलाई ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १ : ०३ बजे

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको