१५ बैशाख २०८१, शनिबार | April 28, 2024

मनसुनजन्य विपद्का ३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु



काठमाडौं । मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको ३७ दिनमा मनसुनजन्य विपद्का ४ सय ४० घटना भएको र ती घटनामा परी ६४ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको हो ।

यसैगरी, यो अवधिमा एक जना बेपत्ता तथा १ सय २१ जना घाइते भएको र ५ सय ७३ परिवार प्रभावित भएको केन्द्रले जनाएको छ । यस वर्ष नेपालमा मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आँकलन छ ।

३७ दिनको यो अवधिमा सबैभन्दा बढी २४ वटा घटना झापामा र त्यसपछि २१ वटा घटना कैलालीमा भएको छ भने मृत्यु कैलाली, कञ्चनपुर, तनहुँ, बागलुङ, धादिङ पाँचथर, संखुवासभा र ताप्लेजुङमा बढी भएको पाइएको छ ।

कैलालीमा चार, कञ्चनपुरमा तीन, तनहुँमा तीन, बागलुङमा तीन, धादिङमा तीन, पाँचथरमा तीन, संखुवासभा, सप्तरी, चितवन, मकवानपुर, गोरखा, गुल्मी, रोल्पा, प्युठान, बर्दिया, सल्यान, ताप्लेजुङमा दुई/दुई जनाको मृत्यु भएको छ । यसैगरी खोटाङ, मोरङ, झापा, सुनसरी, सोलुखुम्बु, रौतहट, बारा, पर्सा, सिन्धुली, स्याङ्जा, नवलपरासी, नवलपुर, रूपन्देही, कपिलवस्तु, बाँके, डोल्पा, कालिकोट, सुर्खेत, अछाम, दार्चुला र डडेल्धुरामा एक-एक जनाको ज्यान गएको केन्द्रको तथ्यांक छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणका घटनामा परी यो समयमा धेरैको ज्यान जाने गरेको छ ।

मनसुनजन्य विपद्का घटनाका कारण यो अवधिमा २४ करोड ५५ लाखभन्दा बढीबराबरको आर्थिक क्षति भइसकेको छ । मनसुनजन्य विपद्का घटनामा बाढीभन्दा पहिरोका कारण बढी मानवीय क्षति हुने गरेको छ भने भौतिक क्षति बाढीका कारण बढी हुने गरेको पाइन्छ ।

प्राधिकरणका प्र्रवक्ता डा. डिजन भट्टराईले यस वर्ष प्राकृतिक प्रकोपले ४ लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान प्राधिकरणले गरेको जानकारी दिए ।

यस वर्षको मनसुन गत १८ जेठबाट सुरु भई १४ असोजसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान छ । चार महिनाको मनसुनको यो अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग गण्डकी प्रदेशका मध्य भूभाग र प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

यसैगरी, गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

प्रदेश १ का उत्तरी भू-भाग बाग्मती प्रदेशका दक्षिणी भू-भाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको छ ।

नेपालको तराई र भित्री मधेसमा पर्ने २३ जिल्ला बाढीको उच्च जोखिममा छन् । प्राधिकरणका अनुसार पछिल्लो समय अव्यवस्थित संरचनाको निर्माण, नदीको बहाव क्षेत्रमा हुने अतिक्रमण तथा ढल निकासको अभावका कारण सहरी क्षेत्रमा पनि बाढीको प्रकोप बढ्दै गइरहेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ४६ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म