२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते



पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने ।

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ४९ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै