४ पुस २०८२, शुक्रबार | December 20, 2025

खेलाडीको अग्नि परीक्षा सुरू भयो : खेलकुद मन्त्री गहतराज



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको अग्नि परीक्षा सुरु भएको र प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री गहतराजले प्रतियोगिता सफल बनाउन सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए टोलीलाई आग्रह गरेका हुन् ।

‘आफ्नो दायित्वबाट नभाग्नु होला । प्रतियोगितामा विभागीय टिम र सात प्रदेश नै सहभागी हुने हो । एनआरएनएलाई पनि सहभागी गराएका छौं । तीन महिनामा छनोट गरेर क्लोज क्याम्पमा राख्नु पर्यो । उत्कृष्ट प्रदर्शन गर्नुहोला । यो अग्नि परीक्षा हो,’ मन्त्री गहतराजले भने ।

गण्डकी प्रदेशमा तय भएको नवौं २८ असोजबाट सुरु भई ३ कात्तिकसम्म चल्नेछ । यसअघि ७७ सालमै प्रतियोगिता हुनु पर्ने भएपनि कोरोना महामारी, पूर्वाधार अभावको कारण हुन सकेन ।

मन्त्री गहतराजले नवौंबाट नयाँ प्रतिभावान खेलाडी निस्कने र उनीहरूलाई राष्ट्रिय टिमको प्रशिक्षणमा मौका दिने बताए ।

‘नयाँ प्रतिभा आउँदैछन् भनेर सोच्नुहोला । राम्रो खेलाडी रहेछ भने हामी राष्ट्रिय टिममा ल्याउँछौं । प्रदेशले वास्ता गरेन भने पनि हामी ल्याउँछौं । यसैको लागि संघीयता बनाइएको हो,’ उनले भने ।

यसअघि ७५ सालमा नेपालगञ्ज, बाँके, दाङमा आठौं राष्ट्रिय खेलकुद भएको थियो । हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद हुनुपर्ने भए पनि निरन्तरता नपाउँदा बल्ल नवौं हुने तयारीमा रहेको छ । राष्ट्रिय खेलकुद २०३८ सालबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको