२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

खेलाडीको अग्नि परीक्षा सुरू भयो : खेलकुद मन्त्री गहतराज



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको अग्नि परीक्षा सुरु भएको र प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री गहतराजले प्रतियोगिता सफल बनाउन सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए टोलीलाई आग्रह गरेका हुन् ।

‘आफ्नो दायित्वबाट नभाग्नु होला । प्रतियोगितामा विभागीय टिम र सात प्रदेश नै सहभागी हुने हो । एनआरएनएलाई पनि सहभागी गराएका छौं । तीन महिनामा छनोट गरेर क्लोज क्याम्पमा राख्नु पर्यो । उत्कृष्ट प्रदर्शन गर्नुहोला । यो अग्नि परीक्षा हो,’ मन्त्री गहतराजले भने ।

गण्डकी प्रदेशमा तय भएको नवौं २८ असोजबाट सुरु भई ३ कात्तिकसम्म चल्नेछ । यसअघि ७७ सालमै प्रतियोगिता हुनु पर्ने भएपनि कोरोना महामारी, पूर्वाधार अभावको कारण हुन सकेन ।

मन्त्री गहतराजले नवौंबाट नयाँ प्रतिभावान खेलाडी निस्कने र उनीहरूलाई राष्ट्रिय टिमको प्रशिक्षणमा मौका दिने बताए ।

‘नयाँ प्रतिभा आउँदैछन् भनेर सोच्नुहोला । राम्रो खेलाडी रहेछ भने हामी राष्ट्रिय टिममा ल्याउँछौं । प्रदेशले वास्ता गरेन भने पनि हामी ल्याउँछौं । यसैको लागि संघीयता बनाइएको हो,’ उनले भने ।

यसअघि ७५ सालमा नेपालगञ्ज, बाँके, दाङमा आठौं राष्ट्रिय खेलकुद भएको थियो । हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद हुनुपर्ने भए पनि निरन्तरता नपाउँदा बल्ल नवौं हुने तयारीमा रहेको छ । राष्ट्रिय खेलकुद २०३८ सालबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ०९ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली