१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’



काठमाडौं । एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ ।

यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत १४ जेठ मध्यराति बजेट निर्माण गर्दा ‘अनधिकृत व्यक्ति’लाई स्थान दिएको आरोप लाग्यो । उनीमाथि ‘सीसीटिभी फुटज कान्ड’मा व्यापारिक घरानाका आफूनिकट व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दरसमेत हेरफेर गरेको आरोप लागेको थियो ।

अहिले पदबाट हटिसकेका शर्माले प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवाको कम्पनीलाई करमा भारी छुट दिएको विवाद बाहिरिएको छ ।

प्रधानमन्त्री देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । देउवापुत्रको ‘ब्लु प्रिन्ट टे«डिङ प्रालि’ नामक कम्पनीले सेनिटरी प्याड कारोबार गर्दै आएको छ । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंको पनि साझेदारी रहेको छ ।

सो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणासमेत अप्रत्यक्ष रूपमा संग्लग्न रहेको स्रोतको दाबी छ । स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएका थिए ।

चरम विवाद थेग्न नसकेर अर्थमन्त्रीबाट हटेका शर्माले प्रधानमन्त्रीपुत्र जयवीर सिंहको कम्पनीलाई गरिदिएको यस्तो कार्यले नेपाली बजारमा विदेशी प्याड सस्तो हुने र स्वदेशी उद्योग धराशयीमा पार्ने सम्बन्धित क्षेत्रका विज्ञको दाबी छ । उनीहरूले तत्कालीन अर्थमन्त्री शर्माले प्रधानमन्त्रीलाई रिझाउन गरेको कार्यले स्वदेशी उद्योग नराम्रोसित धराशयी हुने औंल्याएका छन् ।

अर्थमन्त्रीबाट राजीनामा दिनुअघि सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएका शर्मामाथि ‘नयाँ बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा बाहिरका व्यक्तिलाई मन्त्रालय प्रवेश गराई सोही व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको’ आरोप लागेको छ ।

अर्थमन्त्रीबाट बहिरिएका शर्मामाथि मंगलबारदेखि छानबिनसमेत सुरु हुने भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले डाकेको संसदीय छानबिन समितिको सहजीकरण बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले मंगलबारबाट छानबिन थालिने बताएका हुन् ।

शर्माले गत बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनीमाथि लागेको आरोप छानबिनका लागि संसद्ले ११ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ३४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो