८ चैत्र २०८२, आइतबार | March 22, 2026

वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध



लमजुङ । करोडाैं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् ।

सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसधान नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सदरमुकाम बेँसीसहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताए । उनले भने, ‘केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।’ यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताए ।

१४ सयमध्ये दुई सय किलोमिटर मात्रै सञ्चालनमा

पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले जिल्लाभर कुल १४ सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि मुस्किलले दुई सय किलोमिटर सडकमा मात्र गाडी चल्ने गरेको बताए । ‘स्थानीयले सडकको अपनत्व नलिएसम्म ग्रामीण भेगका सडकको हालत उस्तै हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा सरकारको मुख ताक्ने प्रचलनले बर्सेनि जनताले सडक सास्ती खेप्नुपरेको छ ।’ उनका अनुसार जिल्लामा ३० किलोमिटर सडक मात्र कालोपत्रे छ बाँकी दुई सय २० किलोेमिटर ग्राभेल गरिएको छ ।

करोडौँको लगानी बालुवामा पानी

हरेक वर्ष बेँसीसहर जोड्ने विभिन्न सडकको अवस्था नाजुक हुनेगर्छ । गाउँपालिका र नगरपालिकाले सडक निर्माण र मर्मतका लागि करोडौ बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपछि समयमा अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेट बालुवामा पानी खन्याए जस्तै भएको छ । ‘करोडौँ बजेट खन्याएर सडक बनाइन्छ तर सडक निर्माणसँगै नाला नकाट्दा बगाउनेगर्छ ।’ कांग्रेस जिल्ला सभापति डा. टकराज गुरुङले भने, ‘स्थानीय तहले सडक निर्माण गर्ने ठेकेदारलाई सडक र नाला सँगसँगै निर्माण गर्न लगाउनुपर्छ ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ०१ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु