६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुढिगंगा मतगणना अपडेट: मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी, मेयर/उपमेयरमा एमालेको अग्रता



धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।

उनका अनुसार वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर-८ मा मीनबहादुर सिंह र वडा नम्बर-१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकाको मेयर र उप-मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुदाँ मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । उनका प्रतिदवन्दी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकी मायाँ कुमारी खड्का (कुवँर)ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् . उनकी प्रतिष्प्रधी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ५७ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३