६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुढीगंगा मतगणना अपडेट: ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ ।

पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत ल्याएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ। यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ ।

 

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : १५ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३