१८ माघ २०८२, आइतबार | February 2, 2026

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन



काठमाडौं । २६ असार २०७९, आइतबार । १० जुलाई २०२२ । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।

आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन ।

आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ ।

घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ। भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ ।

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन् । काठमाडौंको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

हिन्दू अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन् ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ०२ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन