६ श्रावण २०८३, बुधबार | July 22, 2026

अभियोग लागेकालाई सफाइ दिएपछि न्यायाधीश भट्टराई विवादित



काठमाडौं । गोली चलाएर हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा. पर्शुराम भट्टराई विवादको घेरामा परेका छन् ।

६ कात्तिक २०७६ मा धनुषा जनकपुरधाम उपमहानगरपालिका-१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या भएको अभियोगमा पक्राउ परेका ‘पंकज’ भनिने दामोदर चौधरीलाई न्यायाधीश भट्टराईको एकल इजलासले सफाइ दिएपछि उच्च अदालत जनकपुर बार एसोसिएसनले फैसलालाई ‘विवादास्पद’ भनेको छ ।

प्रहरी अनुसन्धानमा चौधरीले आफूले हत्या गरेको स्वीकार गरेको रिपोर्ट सार्वजनिक भएको थियो । तर, अदालतमा भने चौधरीले ‘इन्कारी बयान’ दिएका थिए । सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा अभियुक्त चौधरीलाई आजीवन कैद सजाय माग दाबी गरेको थियो । तर, न्यायाधीश डा. भट्टराईको एकल इजलासले ‘प्रमाणको आधार र कारण नपुग्ने’ भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

अभियोग लागेकाले अदालतमा ‘इन्कारी बयान’ दिएको र ‘मृतक आफैंले पेस्तोल बोकेर आफूलाई मार्न आएको’ बयान चौधरीले दिएका छन् । सोही बयान आधार मान्दै न्यायाधीश भट्टराईले चौधरीलाई सफाइ दिएको जनाएका छन् । यद्यपि, फैसलाको पूर्णपाठ नआइसकेकाले चौधरीले ‘केकसरी सफाइ पाए ?’ भन्ने खुलेको छैन ।

गोली काण्डमा मुछिएकालाई सफाइ दिएपछि नेपाल बार एसोसिएसन उच्च अदालत जनकपुरले न्यायाधीश भट्टराईलाई कारबाही माग गर्दै ‘यसअघि भएका विवादास्पद फैसला संकलन गरेर न्यायपरिषद् सचिवालयमा पठाउने’ निर्णय गरेको छ ।

उच्च अदालत जनकपुर बार एसोसिएसन सचिव नवलकुमार मण्डलका अनुसार कार्यसमिति बैठक बसेर विवादास्पद फैसला अध्ययनका लागि न्यायपरिषद् पठाउने निर्णय गरिएको छ ।

‘प्रहरीको अनुसन्धान प्रतिवेदन र सरकारी वकिलले सोही अनुसन्धानको आधारमा आजीवन कारावास हुनुपर्ने माग राखेकोमा न्यायाधीश भट्टराईले सफाइ दिने फैसला गर्नुभएको छ,’ मण्डलले भने, ‘जघन्य अपराधमा अभियुक्तले उन्मुक्ति पाएपछि हामीले न्यायाधीशको यसअघिको विवादित फैसला संकलन गरेर न्यायपरिषद् पठाउने निर्णय गरेको छौं । विवादित फैसला न्यायपरिषद्ले निष्पक्ष छानबिन गर्नुपर्छ ।’

अभियुक्त चौधरीलाई प्रहरीले दुई थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । १ मंसिर २०७६ मा दर्ता मुद्दामा न्यायाधीश भट्टराईले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ४७ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न