१० पुस २०८२, बिहिबार | December 25, 2025

राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो¥याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।

‘यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास प्रचण्डले लिएका छन् ।

‘समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन् । यस प्रकारका चाडपर्वहरूको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो,’ उनले भनेका छन् ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : २१ बजे

फेरि पुरानै शक्तिको उदय भए ठूलो दुर्भाग्य : ऊर्जामन्त्री कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी फागुन

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज राजधानीमा

स्वास्थ्यमन्त्री सारुद्वारा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड, रुपन्देही स्वास्थ्य पर्यटनको रुपमा विकासको संकेत

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र