७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रभु क्यापिटलद्वारा मोबाइल एप सञ्चालनमा



काठमाडौं । प्रभु क्यापिटलले मोबाइल एप सञ्चालनमा ल्याएको छ । क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो । मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सकिने क्यापिटल कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, भिडियो केवाईसी गर्न, हितग्राही खाताका विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरणा शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न उक्त एपबाट सजिलो हुने कम्पनीले बताएको छ ।

यसैगरी लगानी व्यवस्थापन सेवामा जोडिन उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि एपमा रहेको छ । साथै नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्था पनि सो एपमार्फत हेर्न सकिने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई