७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप



सुर्खेत । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन । ुहामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले विधिमा सरकार चल्न मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाइ बधाइ दिइन् । अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परीपार्टीले गर्दा समस्य उत्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ४६ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि