काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीतिसहित पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो ।
आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा समेत छलफल हुनेभएको छ । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार गठबन्धनलाई निरन्तरता दिनुपर्ने भन्दै तल्लो कमिटीबाट भावना व्यक्त भैरहेको छ ।
बैठकमा संस्थापनइतर शेखर कोइराला समुहले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारवाहीबारे तिखो आलोचना गर्ने तयारी गरेको छ ।



















प्रतिक्रिया