१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा



मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए।

तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई समेत लगाइएपछि मनाङलाई पूर्ण खोप सुनिश्चित् घोषणा गरिएको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

“पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि मनाङ नै प्रतिबद्ध हुनुपर्छ”, घलेले भने । सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताए । उनका अनुसार यसअघि चार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।

नासों गाउँपालिका, चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । “सबै प्रक्रिया पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हौँ, बालबालिकाले पूर्ण खोप पाए÷नपाएको बारेमा अनुगमन पश्चात् मात्रै घोषणा गर्ने प्रावधान छ, सोही अनुरुप हिमाली जिल्ला मनाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सुगम क्षेत्रका जिल्लाले नै खोप अभियान सञ्चालन गरिरहेका अवस्थामा पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न नसकिरहेको बेलामा मनाङलाई पहिले नै घोषित गराउन सफल भएको बताए ।

बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ०३ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।