२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

टिकापुरमा घण्टाघरका घडी ठप्प



भजनी । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो । घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण काम लम्बियो । केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताए ।

घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जीनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताए । रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताए । “प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ”, उहाँले भन्नुभयो, “प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौँ ।”

निर्माण कम्पनीले चार घडी रु आठ लाखमा खरिद गरेको जोशीले जानकारी दिए । घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित रु तीन करोड २६ लाख ४२ हजारमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ३२ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना