१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्वास (लघु कथा)



परदेशिएको जीवन। वर्षौंपछि रमासँग भेट भयो। दुखेसो पोखिन्। केही दुख्ख लागेन । लागोस् पनि किन ? आफनोपनको कुनै गुन्जायस थिएन । परदेशिएको मनलाई सम्झाउने कुनै कुराकानी नै हुन्थ्यो ? गुनासो राख्ने कुरा त चन्दनको थियो रमाको कत्ति थिएन।

धेरैसँग भेटघाट भयो । धेरैसँग कुराकानी भए । सोंचेको भन्दा बढी नै फलदायी भयो ।

रुपा, कृष्णा, शिला र रमाकान्त विष्णुले अनेकौँ कुराको छेडखानी गरे । विश्वास भएको भए माया हुन्थ्यो गुनासो र दुखेसो हुने थिएन। परदेशबाट आएकासँग आशा गर्नेहरूको लर्को लामो हुने नेपाली जनजीवनको तितो यथार्थ नै त हो।

मोहन आचार्य जलद

रमाले भावुक हुँदै म्यासेन्जरमा आफ्नो मनको कुरा पोखिन्, ‘साँच्चि चन्दन मलाई दुःख लाग्छ यत्रो समय किन हराएका थियौँ ? तिम्रो वारेमा अनेकौँ सुनिन्थे कुरा काटेको सुन्दा मन कटक्क काटिन्थ्यो । तिम्रो र मेरो बाल्यकाल साहित्यिक यात्रा सँगसँगै बितेको हो । विदेशमा रहेर पनि आफ्नो परिचय राखी राखेका रहेछौ। खुशी लाग्यो ।भेट छोटो भए पनि खुशी मानेकी छु। अर्को पल्ट आउँदा बाचा राख्नु है तिम्रो बाटो हेरेर बस्ने छु बुझ्यौ चन्दन ?’

‘हुन्छ नि रमा, तिम्रो यादमा हराईरहेको हुन्थेँ। कैयौ पटक बिहोशिमा तिम्रो नाम लिएको थिएँ। साथीहरु जिस्काउँथेँ । विश्वासले भरिएको मायामा दुखेसो र गुनासो हुनु हुन्न बुझ्यौ ?’

बिछोडिएको दुई मनको मिलन कहिले होला ? मेरो मन कता कता दुःखित भयो ।
आखिर विश्वास नै प्रेम रहेछ – मैले पनि यही सोचेँ।

बाटोमा सवारी साधनको जाम थियो । म पनि यहि घटना सम्झेर उनीहरूलाई सम्झिरहेँ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ३९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो