२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

दूतावासले वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष ११९ विद्यालयका १८० विद्यार्थीले छात्रवृत्ति पाएका छन् । साथै उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको थियो ।

काठमाडौंको हायात प्लेसमा १२औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी थिए । अधिकारीले नेपाली विद्यार्थीहरूलाई “एम्बेसेडर अफ पाकिस्तान स्कॉलरशिप” प्रदान गरे। यो छात्रवृत्ति विभिन्न विद्यालयका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा चयन गरिएका योग्य विद्यार्थीहरुलाई प्रदान गरिन्छ ।

कार्यक्रममा बोल्दै शिक्षासचिव अधिकारीले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोग गरेकोमा प्रशंसा गरे ।

त्यसअवसरमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रम र तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि आफ्नो प्रयास जारी राख्ने बताए ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रमले धेरै विद्यार्थीहरु लाभाविन्वत हुँदैआएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : २० बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं