२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

रेसुङ्गामा साउने मेला



गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ ।

साउन महिनाभर रेसुङ्गामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप हुन्छन् । त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन् ।

श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुङ्गा पुग्ने गर्दछन् । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुङ्गा आउने गरेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले जानकारी दिए । त्यस्तै रेसुङ्गामा यही साउन १ गते, औँसी र एकादशीका दिन विशेष पूजा हुने भुसालले जानकारी दिए ।

अहिले रेसुङ्गा पुग्ने सडक मर्मत भएको छ भने मेलास्थल नजिकै पौवा रिसोर्ट खुलेका कारण भक्तजनलाई थप सहज खानपिन र आवासको समेत सहजता मिलेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात