२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अख्तियारद्वारा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी ६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी ३५, गैरकानूनी लाभहानी सम्बन्धी ३४, राजस्व हिनामिना सम्बन्धी ५, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ७ र अन्य विषयसँग सम्बन्धीत १२ वटा रहेका छन् ।

‘आर्थिक वर्ष २०७८/७९ मा दायर भएका १३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ, जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य राष्ट्रसेवक कर्मचारी ३०८ जना, बिचौलिया/मतियार लगायत अन्य १७२ जना, भूतपूर्व मन्त्री एक जना र निर्वाचित/मनोनित पदाधिकारीहरु १५५ जना रहेका छन्,’ प्रवक्ता भण्डारीले जानकारी दिए ।

गत आर्थिक वर्ष दायर गरिएका मुद्दाका प्रतिवादीहरुसँग २ अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७१० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

गत आर्थिक वर्ष अदालतबाट भएका १४८ फैसलामध्ये ५८ वटा (३९.१९ प्रतिशत) मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अदालतबाट भएका मुद्दाको फैसला ११३ रहेको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दाको संख्या ८१ (७१.६८ प्रतिशत) रहेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल