२२ भदौ २०८३, सोमबार | September 7, 2026

‘२३ औं अरुण स्मृती साँझ’ बुटवलमा हुँदै



बुटवल । नेपाल मगर विद्यार्थी संघको आयोजनामा बुटवलमा ‘अरुण स्मृती साँझ’ हुने भएको छ ।

नेपाल मगर विद्यार्थी संघ रुपन्देहीको सहआयोजना तथा नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको समन्वयमा यहि साउन पाँच गते बुटवलमा ‘२३ औं अरुण स्मृती साँझ तथा सम्मान कार्यक्रम’ गर्न लागिएको हो ।

गीत संगितको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाएका गायककार अरुण थापाको सम्झनामा नेपाल मगर विद्यार्थी संघले प्रत्येक वर्ष अरुण स्मृती साँझ गर्दै आएको छ ।

बुटवलमा आयोजना गरिएको यो कार्यक्रम १८ औं संस्करण हो भने उपत्यका बाहिर पहिलो भएको कार्यक्रमका बारेमा जानकारी गराउन बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष विष्णुकुमार थापा मगरले बताए ।

अध्यक्ष थापाका अनुसार उनको सम्झनामा १७ जना स्रष्टालाई सम्मान समेत गरिएको छ । यो पटक कास्कीकी नन्दा राना पुनलाई सम्मान गरिने छ । विद्यार्थी कालदेखि सांगितिक क्षेत्रमा लागेका अरुणको २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा निधन भएको थियो । उनको सम्झनामा नेपाल मगर विद्यार्थी संघले २०६२ सालदेखि सांगितिक क्षेत्रमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्दै आएको छ ।

बुटवलमा आयोजना गरिएको अरुण स्मृति कार्यक्रममा दिउँसो स्रष्टा सम्मान कार्यक्रम गरिने छ भने साँझ अरुण स्मृती साँझ सञ्चालन गरिने छ ।

कार्यक्रममा चर्चित तथा अग्रज कलाकारहरुको प्रस्तुती रहने छ । यो कार्यक्रममा सहभागि हुनको लागि टिकटको व्यवस्था मिलाईएको छ ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर विरकट्टाले चेतनामा पछाडि रहेका र विभेदमा परेका जनतालाई चेतना दिने कलाकारलाई राज्यले सम्मान गर्न नसकेको बताए । उनले आफ्नो देशलाई विश्वसामु चिनाउने कलाकारलाई सम्मान गर्ने परम्परा स्थापित गर्न समेत सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ५७ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११