१ पुस २०८२, मंगलबार | December 17, 2025

संसदीय छानविन समितिलाई जनार्दनले भने – मेरो विश्वास नलागे सुरक्षाकर्मीलाई सोध्नुस



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाहिरका कोही मान्छे प्रवेश नगरेको बताएका छन् ।

बिहीबार संसदीय विशेष छानबिन समितिलाई ३ घण्टा बयान दिएका शर्माले आफ्नो विश्वास नलाले सुरक्षाकर्मी र मर्यादापालकलाई सोध्न आग्रह गरेका छन् । ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन’, शर्माले बयानका क्रममा भनेका छन्, ‘पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । तपाईंहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न सक्नुहुन्छ ।’ ’

बयानमा शर्माले मन्त्रालयको सीसीटीभी फुटेजको स्टोरेज क्षमताबारे पनि आफुलाई थाहा नभएको बताएका छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ ? के हुन्छ त्यो बारे मलाई केही जानकारी हुँदैन ।

स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको बताउँदै शर्माले अर्थमन्त्रालयका सम्बन्धित अधिकारीहरुबाहेक अन्य व्यक्ति संलग्न नभएको बताए ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा करको दर हेरफेर गर्न जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले सोही दिन बजेट प्रकरणबारे छानविन गर्न संसदीय छानविन विशेष समिति गठन गरेका थिए । १० दिनको समय दिइएको छानविन समितिले अहिलेसम्म आरोपलाई पुष्टि हुने यौटा पनि प्रमाण फेला पार्न सकेको छैन ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ११ : ५७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष