२७ माघ २०८२, मंगलबार | February 10, 2026

संसदीय छानविन समितिलाई जनार्दनले भने – मेरो विश्वास नलागे सुरक्षाकर्मीलाई सोध्नुस



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाहिरका कोही मान्छे प्रवेश नगरेको बताएका छन् ।

बिहीबार संसदीय विशेष छानबिन समितिलाई ३ घण्टा बयान दिएका शर्माले आफ्नो विश्वास नलाले सुरक्षाकर्मी र मर्यादापालकलाई सोध्न आग्रह गरेका छन् । ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन’, शर्माले बयानका क्रममा भनेका छन्, ‘पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । तपाईंहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न सक्नुहुन्छ ।’ ’

बयानमा शर्माले मन्त्रालयको सीसीटीभी फुटेजको स्टोरेज क्षमताबारे पनि आफुलाई थाहा नभएको बताएका छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ ? के हुन्छ त्यो बारे मलाई केही जानकारी हुँदैन ।

स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको बताउँदै शर्माले अर्थमन्त्रालयका सम्बन्धित अधिकारीहरुबाहेक अन्य व्यक्ति संलग्न नभएको बताए ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा करको दर हेरफेर गर्न जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले सोही दिन बजेट प्रकरणबारे छानविन गर्न संसदीय छानविन विशेष समिति गठन गरेका थिए । १० दिनको समय दिइएको छानविन समितिले अहिलेसम्म आरोपलाई पुष्टि हुने यौटा पनि प्रमाण फेला पार्न सकेको छैन ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ११ : ५७ बजे

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’

नेकपाको प्रतिबद्धता : ५ वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि, बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झार्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १०

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी

आर्थिक सुधारमा जोड दिँदै नेकपाले ल्यायो चुनावी प्रतिबद्धतापत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरणलाई