१७ पुस २०८२, बिहिबार | January 1, 2026

तीन दिनको मौसमः गण्डकी प्रदेशमा विशेष सतर्कता अपनाउनु पर्ने, भारी वर्षाको छ सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । यसैको कारण देशभर वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९शुक्रबार० दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश को एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश को एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : २५ बजे

सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ