१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नवौं राष्ट्रिय खेलकुदको उपाधी कब्जा गर्ने तैयारीमा लुम्बिनी प्रदेश



बुटवल । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको १२ औ संस्करणमा लुम्बिनी च्याम्पियन बन्दा दाङकी निशाले ४ स्वर्णसहित ३ नया रेकर्ड कायम गरिन । एथ्लेटिक्समा प्रदेशका खेलाडीहरुको प्रदर्शन निक्कै उत्कृष्ट रह्यो । चार जना खेलाडीहरुले दुईदुई वटा स्वर्ण पदक जित्नु सामान्य होईन ।

एथ्लेटिक्समा निशा चौधरी अहिले चर्चामा छिन । दाङकी १७ वर्षिया चौधरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको १२ औ संस्करणमा उत्कृष्ट प्रदर्शन गरिन । दैनिक सम्मान र बधाई पाउँदा उनी निक्कै खुशी छिन । अरनिको माबि दाङमा कक्षा १२ मा शिक्षा विषय अध्ययरत निशाले प्रतियोगितामा लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन निर्णायक ४ वटा स्वर्ण जितिन् । उनले एकलतर्फ ३ र समुहमा १ गरि ४ स्वर्ण सहित ३ वटा नया रेकर्ड पनि बनाईन् । खेलप्रतिको लगाव र नियमित अभ्यासको नतिजाकै कारण छात्रा एक सय मिटर दौड उनले १२.५३ सेकेण्डमा दुरी पार गर्दै नया रेकर्ड आफनो नाममा लेखाईन् । यसैगरि लङ्गजम्पमा समेत ५.४७ मिटर जम्प गरि नया रेकर्ड कायम गरिन् । एकलतर्फ ३ स्वर्ण हात पारेकी उनले रिले एक सय मिटरमा समेत ५४ सेकेण्डमा दुरी पुरा गर्दै नया रेकर्ड कायम गरेकी छिन् ।

दाङ जिल्लामा सिमित उनी अहिले आफनो भविष्य एथ्लेटिक्सबाट उकास्ने सोँचमा छिन् । ‘म एथ्लेटिक्सबाट नै देशको नाम चिनाउने गरि अघि बढ्छु ।’– उनले खबरकुरासँग भनिनु । अहिले उनी नवौ राष्ट्रिय प्रतियोगिताको तयारीमा लागेकी छिन् । ‘नियमित अभ्यास गरिरहेको छु ।’– उनले भनिन् । भविष्यमा एथ्लेटिक्सको अन्तराष्ट्रिय खेलाडी बन्ने सोच बोकेकी उनी दैनिक बिहान अभ्यास गर्छिन् । आठ कक्षामा अध्ययन गर्दाबाट नै खेलप्रति आर्कषण रहेको उनले बताईन् ।

विद्यालयका शिक्षक, परिवारका सदस्यहरुबाट समेत सहयोग पाएकी उनी तेक्वान्दो खेलाडी समेत हुन् । भारतमा रोजगार गर्ने बुबा र खेतीपातीबाट आश्रित आमासहित उनको परिवारमा दुई दिदी र एउटा भाई गरि ६ जना सदस्यहरु छन् । पदक विजेता भएसंगै विद्यालय, साथीभाईहरुबाट सम्मान र बधाई ओइरिँदा मेहनतको प्रतिफल प्राप्त गरेको उनले महशुुस गरेकी छन् । आर्थिक रुपमा खेलाडीलाई सबल बनाउने गरि सरकारबाट पहल थालिनुपर्ने उनी बताउछिन । परिवारमा भाई पनि एथ्लेटिक्स र फुटबल खल्दै आएको उनले जानकारी दिईन् ।

एथ्लेटिक्सका ४ खेलाडीको २–२ स्वर्ण
प्रतियोगितामा ४ जना खेलाडीले समान २–२ स्वर्ण जितेर लुम्बिनीलाई उपाधि जिताउन सहज बनाए । नवलपरासीका सुदिप थारुले प्रतियोगिता अन्तरगत लङजम्पमा स्वर्णसहित नया रेकर्ड र ट्रिपल जम्पमा अर्को स्वर्ण जितेका छन । उनले लङ्गजम्पमा ६.६५ मिटर जम्प गर्दै नयाँ रेकर्ड बनाएका हुन । थारुले ट्रिपल जम्पमा १२.९७ मिटर दुरी पार गर्दै स्वर्ण हात पारे । यसैगरि बाँकेका युवराज बिकले एक सय र दुई सय मिटर दौडमा २ स्वर्ण हात पारे । उनले एक सय मिटर १०.९० सेकण्ड र दुई सय मिटर दौड २२.६६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन् । कपिलबस्तुका शहनचन्द्र शाहले ४ सय मिटर छात्र दौड र रिले ४ सय मिटर छात्रमा दुई स्वर्ण जिते । उनले ४ सय मिटरको दुरी ५१.५९ सकेण्डमा पार गरे । शाहले रिले ४ सय मिटर छात्र ३ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारे । यता विकास बिक १ हजार ५ सय मिटर दौडमा ४ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते भने उनले ८ सय मिटर दौड २ मिनेट २.२ सकेण्डमा पार गर्दै स्वर्ण हात पारेका थिए । यसैगरि प्रतियोगिताको ट्रिपलजम्पतर्फ ९.८३ मिटर दुरी जम्प गर्दै चमेली चौधरीले स्वर्ण आफनो नाममा लेखाईन । हाईजम्पमा १.३० मिटर जम्प गर्दै प्रमिला चौधरीले स्वर्ण जितिन । मार्सल आर्टतर्फ भने यसपटक राम्रो परिणाम दिन सकेन । तेक्वान्दो छात्रा ४६ केजी तौल समुहमा ममता मल्लले स्वर्ण हात पारिन । मार्सल आर्ट अन्तरगत तेक्वान्दो, कराते, उसुमा सहभागिता रहेकोमा उनले मात्र स्वर्ण हात पारिन । यसैगरि कबठ्ठीमा लुम्बिनी टिमले स्वर्ण हात पारेको थियो ।

प्रदेश खेलकुद परिषदको विकासको खाका कोर्दै
प्रदेश खेलकुद विकास परिषद खेल र खेलाडीको विकासमा नया योजना र कार्यक्रमहरु ल्याउने तयारीमा छ । प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश ४ नयाँ रेकर्ड कायम गर्दै १६ स्वर्ण, ११ रजत र ११ कास्य गरि ३८ पदकसहित प्रथम हुन सफल भएसंगै अब खेलकुद विधामा सरकारको ध्यान जाने गरि कार्यक्रम ल्याउन लागेको बताए । एथ्लेटिक्समा लुम्बिनी प्रदेशले स्वर्णका वर्षा गर्दै च्याम्पियन बन्दै गर्दा नयाँ खेलाडीहरुमा अवसर र सम्भावना समेत देखिएको उनले बताए । दुई साताभन्दा कम समयको अवधिमा स्थानियपालिका, जिल्ला र प्रदेशबाट खेलाडी छनौट भएपछि केन्द्रमा खेलाडी पठाईएको उनले बताए । छोटो तयारीमा पनि प्रतियोगितामा राम्रो सफलता मिलेको उनले बताए । विश्वमै एथ्लेटिक्समा सम्भावना भएको खेलमा पर्ने भएकाले पनि बिजेता खेलाडीहरुलाई थप प्रतियोगिताहरुमा भाग लिन र तालिमको राम्रो अवसर उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए । ‘हामीले खेलाडीहरुलाई सम्मानको कार्यक्रम समेत राख्दैछौ ।’– उनले भने ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत राम्रो तयारी गर्ने उनले बताए । देश संघीयतामा जाँदा समेत खेलकुदमा संघीयतामा पुग्न नसक्नु दुखद विषय भएको उनले बताए । जिल्लामा रहेको कार्यालयहरु संघीय सरकार अन्तरगत रहनु र प्रशिक्षकहरुबाट नतिजा आउने गरि काम नभएको दुखेसो गरे । संघीय सरकारले कुल बजेटको १ प्रतिशतमात्र बजेट खेलकुदमा लगाउन सके खेल र खेलाडीबाट राम्रो उपलब्धीहरु देखिने उनको दाबी छ । हामीले भोलिन्टियर कोचहरुलाई डिप्लोमा कोर्ष इन स्पोर्टस कोचिङ (एनएसएन) नै तालिम गराएर करारको ब्यवस्था गरेर प्रदेश खेल विकास गर्ने योजना बनाएको उनले बताए । ‘३ महिनाको यो कोर्ष प्रदेशबाट संचालन गर्ने तयारी भैरहेको छ ।’– उनले भने ।

स्थानिय पालिका र जिल्ला हुदै खेलाडी छनौटमा समेत यसपटक निक्कै उत्कृष्ट भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य हरिस वलीले बताए । कबठ्ठीमा सुदुरपश्चिमको वर्चश्वलाई यसपटक तोड्न सफल भएको उनले बताए । ‘हामीले ईतिहास रचेका छौ ।’–उनले भने ।

खेलाडी, प्रशिक्षक, ब्यवस्थापक गरि १ सय ११ जनाको सहभागिता रहेको थियो । ५० स्वर्ण, ५० कास्य र ५० रजतमा प्रतिस्प्रर्धा भएको थियो । प्रतियोगितामा ५ प्रदेशको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशले ४ नया रेकर्ड कायम गर्दै १६ स्वर्ण, ११ रजत र ११ कास्य गरि ३८ पदकसहित प्रथम हुन सफल भएको थियो । प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीहरुले ३२ स्वर्ण, ३२ रजत र २० कास्य पदक प्राप्त गरेका थिए ।

कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएको यो प्रतियोगितामा साविक विजेता टोली पनि लुम्बिनी नै उपाधि रक्षा गर्न सफल भएको हो । टिम च्याम्पियन हुन लुम्बिनीले बागमती प्रदेशसंग कडा प्रतिस्पर्धा गरेको थियो । एथलेटिक्समा लुम्बिनी र मार्सल आर्टमा बागमतीका खेलाडीको बर्चश्व थियो । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण जिते । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त ग¥यो । कर्णालीले १० रजत र १५ कांस्य हासिल ग¥यो ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ०१ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष