७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन



काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ ।

विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तोकिएको छ । कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तोकिएका छन् ।

कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुको उद्धार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ ।

अहिले पनि विभिन्न गन्तव्य मुलुकका अस्पतालमा सयौँ नेपाली गम्भीर अवस्थामा उपचाररत छन् । साउदी अरेबियामा मात्रै २५ नेपाली कोमामा छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ०६ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा