२१ भदौ २०८३, आइतबार | September 7, 2026

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन



काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ ।

विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तोकिएको छ । कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तोकिएका छन् ।

कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुको उद्धार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ ।

अहिले पनि विभिन्न गन्तव्य मुलुकका अस्पतालमा सयौँ नेपाली गम्भीर अवस्थामा उपचाररत छन् । साउदी अरेबियामा मात्रै २५ नेपाली कोमामा छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ०६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त