२६ जेष्ठ २०८०, शुक्रबार | June 10, 2023

अछामको तुर्माखाँदामा पहिरो जादा घरभित्र सुतेका तीन जना बेपत्ता



अछाम । अछामको तुर्माखाँदामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

गएराति तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । घरभित्र सुतिरहेका तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

राति १ बजे पहिरो गएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । उनका अनुसार दुर्गम क्षेत्र भएकाले त्यसपछि सम्पर्क हुन सकेको छैन ।

पहिरो गएको सूचना पाए लगत्तै राति नै प्रहरी टोली परिचाल गरिएको उनले बताए । दुर्गम भएकाले राति गएको प्रहरी टोली आज पहिरो गएको स्थलमा पुग्ने उनले बताए । त्यसपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०० बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले