१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अछामको तुर्माखाँदामा पहिरो जादा घरभित्र सुतेका तीन जना बेपत्ता



अछाम । अछामको तुर्माखाँदामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

गएराति तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । घरभित्र सुतिरहेका तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

राति १ बजे पहिरो गएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । उनका अनुसार दुर्गम क्षेत्र भएकाले त्यसपछि सम्पर्क हुन सकेको छैन ।

पहिरो गएको सूचना पाए लगत्तै राति नै प्रहरी टोली परिचाल गरिएको उनले बताए । दुर्गम भएकाले राति गएको प्रहरी टोली आज पहिरो गएको स्थलमा पुग्ने उनले बताए । त्यसपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०० बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,