५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पदाधिकारीको सेवा सुविधामा थप आर्थिक भार थप्दै सुदूरपश्चिम सरकार



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका थप पदाधिकारीलाईलाई समेत सरकारी सेवा सुविधा दिने गरी प्रदेशसभामा शंसोधन विधेयक पेश गरेको छ ।

प्रदेशसभाका पदाधीकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी बनेको ऐन २०७५ लाई संशोधन गर्न सरकारले प्रदेशसभामा आइतबार शंसोधन विधेयक पेश गरिएको हो ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको १९औं बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेका ऐन २०७५ लाई संशोधन गर्ने प्रस्ताव सभामा पेश गरेका हुन् । सो विधेयक पारित भएमा प्रदेश संसदीय दलका उप नेता, प्रमुख सचेतक, साना दलका संसदीय दलका नेताले समेत प्रदेश सरकारबाट सवारी लगायत अन्य सेवा सुविधा प्राप्त गर्ने छन् ।

त्यसरी सेवा दिँदा सेवा सुविधामा प्रदेश सरकारको थप बजेट खर्च हुने छ । प्रदेशसभाका पदाधीकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा संसदीय दलका उप नेता, प्रमुख सचेतक र साना दलका संसदिय दलका नेताले सवारी लगायतका सुविधा पाउने व्यवस्था थिएन ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा सीमित जनप्रतिनीधिलाई मात्रै सेवा सुविधा दिने व्यवस्था रहेको एमाले संसदीय दलका नेता तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए । ‘धेरै सदस्यलाई सेवा सुविधा दिनुपर्ने भनेर पहिला पनि दवाद आएको थियो,’ शाहले भने, ‘तर करको दुरुपयोग गर्नुहुँदैन भनेर हामीले त्यतिबेला सम्मानित पदमा रहेका व्यक्तिलाई मात्रै सेवा सुविधा दिने गरी ऐन ल्याएका हौं, अहिले संशोधन विधेकमा सेवाको दायरा बढाउने प्रस्ताव आएको छ, यसले सेवा सुविधामा थप आर्थिक भार बढ्ने देखिन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले यस अघि पनि संसदीय दलका उपनेता लगायत अन्य पदका लागि सेवा सुविधा दिनेगरी निर्देशिका ल्याएको थियो । तर, महालेखा परीक्षकको कार्यालयले निर्देशिका बनाएर सेवा सुविधा दिनु कानून संगत नरहेको भन्दै राजस्वको दोहन नगर्न सुझाव दिएको थियो । महालेखाको राय पछि सरकारले कानून नै बनाएर कार्यकालको अन्तिम समयमा राजस्वको दोहन गर्नेगरी सेवा सुविधा थप गर्न थालेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता रणबहादुर रावलले भने संविधानबाटै अधिकार पाएका व्यक्तिलाई मात्रै सेवा दिइने बताए । ‘दलका प्रमख सचेतक, संसदीय दलका उप नेता, साना दलका संसदीय नेतालाई संविधानले नै सुविधा दिने व्यवस्था गरेको छ,’ मन्त्री रावलले भने, ‘तर हामीसँग कानून नहुँदा सेवा प्रदान गर्न समस्या भइरहेको थियो, उनिहरुको सम्मानका लागि ऐन संशोधन गर्न लागेका हौं ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं