७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पदाधिकारीको सेवा सुविधामा थप आर्थिक भार थप्दै सुदूरपश्चिम सरकार



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका थप पदाधिकारीलाईलाई समेत सरकारी सेवा सुविधा दिने गरी प्रदेशसभामा शंसोधन विधेयक पेश गरेको छ ।

प्रदेशसभाका पदाधीकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी बनेको ऐन २०७५ लाई संशोधन गर्न सरकारले प्रदेशसभामा आइतबार शंसोधन विधेयक पेश गरिएको हो ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको १९औं बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेका ऐन २०७५ लाई संशोधन गर्ने प्रस्ताव सभामा पेश गरेका हुन् । सो विधेयक पारित भएमा प्रदेश संसदीय दलका उप नेता, प्रमुख सचेतक, साना दलका संसदीय दलका नेताले समेत प्रदेश सरकारबाट सवारी लगायत अन्य सेवा सुविधा प्राप्त गर्ने छन् ।

त्यसरी सेवा दिँदा सेवा सुविधामा प्रदेश सरकारको थप बजेट खर्च हुने छ । प्रदेशसभाका पदाधीकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा संसदीय दलका उप नेता, प्रमुख सचेतक र साना दलका संसदिय दलका नेताले सवारी लगायतका सुविधा पाउने व्यवस्था थिएन ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा सीमित जनप्रतिनीधिलाई मात्रै सेवा सुविधा दिने व्यवस्था रहेको एमाले संसदीय दलका नेता तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए । ‘धेरै सदस्यलाई सेवा सुविधा दिनुपर्ने भनेर पहिला पनि दवाद आएको थियो,’ शाहले भने, ‘तर करको दुरुपयोग गर्नुहुँदैन भनेर हामीले त्यतिबेला सम्मानित पदमा रहेका व्यक्तिलाई मात्रै सेवा सुविधा दिने गरी ऐन ल्याएका हौं, अहिले संशोधन विधेकमा सेवाको दायरा बढाउने प्रस्ताव आएको छ, यसले सेवा सुविधामा थप आर्थिक भार बढ्ने देखिन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले यस अघि पनि संसदीय दलका उपनेता लगायत अन्य पदका लागि सेवा सुविधा दिनेगरी निर्देशिका ल्याएको थियो । तर, महालेखा परीक्षकको कार्यालयले निर्देशिका बनाएर सेवा सुविधा दिनु कानून संगत नरहेको भन्दै राजस्वको दोहन नगर्न सुझाव दिएको थियो । महालेखाको राय पछि सरकारले कानून नै बनाएर कार्यकालको अन्तिम समयमा राजस्वको दोहन गर्नेगरी सेवा सुविधा थप गर्न थालेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता रणबहादुर रावलले भने संविधानबाटै अधिकार पाएका व्यक्तिलाई मात्रै सेवा दिइने बताए । ‘दलका प्रमख सचेतक, संसदीय दलका उप नेता, साना दलका संसदीय नेतालाई संविधानले नै सुविधा दिने व्यवस्था गरेको छ,’ मन्त्री रावलले भने, ‘तर हामीसँग कानून नहुँदा सेवा प्रदान गर्न समस्या भइरहेको थियो, उनिहरुको सम्मानका लागि ऐन संशोधन गर्न लागेका हौं ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ०९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा