२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कोहलपुरमा २२ र २० वर्षीय दम्पत्ती मृत अवस्थामा फेला



नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान मृत अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उनकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

रगताम्य भएको घटनास्थलमा चुँडिएको डोरी फेला परेको प्रहरीले जनाएको छ । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन मल्लले बताए । मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको छ । ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर घटनास्थल रगताम्य भएको डीएसपी मल्लले बताए ।

श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । शरिरमा कुनै प्रकारको दाग नदेखिएकाले घटनाको गम्भीर अनुसन्धान शुरु गरिएको मल्लले बताए । स्थानीयले चोरहरुले हत्या गरेर धनमाल चोरेको बताएपनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ०७ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ