८ बैशाख २०८१, शनिबार | April 20, 2024

मंकीपक्स, हैजा र कोरोनाबारे सरकार उदासिन भएको एमालेको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

२३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उनले यसबाट बच्नका लागि सरकारले कुनै कदम नचालेको आरोप लगाए ।

विश्वभर १८ हजार १९४ जना मंकीपक्सका संक्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमानाकासहितका स्थानमा सावधानी नपनाएको बताए ।

साथै मंगलबार बिहानसम्म काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उनको आरोप छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमण पनि बढ्दै गएको भन्दै उनले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताए । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : ५२ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन