१९ बैशाख २०८१, बुधबार | May 1, 2024

मंसिर ४ का लागि निर्वाचन मिति घोषणा हुनसक्छ, आश्चर्य नमानौं : प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति घोषणा हुन लागेको बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका हुन् । थपलियाले यसअघि नै आयोगले मिति घोषणाका लागि सरकारलाई सिफारिस गरिसकेको बताउँदै सोही सिफारिसको आधारमा आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन मिति घोषणा हुनसक्ने जिकिर गरे ।

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, थपलियाले भने, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो । आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ ।’

निर्वाचनका लागि सबै तयारीको काम भैसकेको प्रमुख निर्वाचन आयाुक्त थपलियाले जनाए । स्थानीय तह निर्वाचन भन्दा संघ र प्रदेशको निर्वाचन कम खर्चिलो हुनसक्ने थपलियाले बताए । स्थानीय तह निर्वाचनमा प्रयोग भएका निर्वाचन सामाग्रीलाई आगामी निर्वाचनमा पनि प्रयोग गर्न सक्ने गरी सामाग्रीहरुको फेहरिस्त तयार पार्ने काम भैरहेको उनले जानकारी दिए ।

एकै चरणमा निर्वाचन गर्दा खर्च कम हुने उनले जिकिर गरे । अघिल्लो निर्वाचनमा भन्दा २ अर्ब १५ रुपैयाँ खर्च कटौती भएको उनले जानकारी दिए ।

आयोगले स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च भएको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ