२८ बैशाख २०८३, सोमबार | May 11, 2026

मंसिर ४ का लागि निर्वाचन मिति घोषणा हुनसक्छ, आश्चर्य नमानौं : प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति घोषणा हुन लागेको बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका हुन् । थपलियाले यसअघि नै आयोगले मिति घोषणाका लागि सरकारलाई सिफारिस गरिसकेको बताउँदै सोही सिफारिसको आधारमा आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन मिति घोषणा हुनसक्ने जिकिर गरे ।

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, थपलियाले भने, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो । आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ ।’

निर्वाचनका लागि सबै तयारीको काम भैसकेको प्रमुख निर्वाचन आयाुक्त थपलियाले जनाए । स्थानीय तह निर्वाचन भन्दा संघ र प्रदेशको निर्वाचन कम खर्चिलो हुनसक्ने थपलियाले बताए । स्थानीय तह निर्वाचनमा प्रयोग भएका निर्वाचन सामाग्रीलाई आगामी निर्वाचनमा पनि प्रयोग गर्न सक्ने गरी सामाग्रीहरुको फेहरिस्त तयार पार्ने काम भैरहेको उनले जानकारी दिए ।

एकै चरणमा निर्वाचन गर्दा खर्च कम हुने उनले जिकिर गरे । अघिल्लो निर्वाचनमा भन्दा २ अर्ब १५ रुपैयाँ खर्च कटौती भएको उनले जानकारी दिए ।

आयोगले स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च भएको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा