११ बैशाख २०८१, मंगलबार | April 24, 2024

स्वास्थ्य राज्यमन्त्रीले लिए आपूर्ति शाखा प्रमुख डा. चौरासीयासँग स्पष्टिकरण, अनियमितताबारे सुक्ष्म अध्ययन गरिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् ।

स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, ुयसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ । मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ । दोषी ठहरीए कानुन बमोजिम कारबाही गर्छौं ।ु

स्वास्थ्य राज्य मन्त्री केसीले १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो ? वास्तविकता के हो ? भनेर जवाफ माग गरेका थिए । आपूर्ति शाखा प्रमुख डा. चौरासीयाले भने आफूले गल्ति नगरेको जबाफ फर्काएका थिए ।

राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा. चौरसियालाई आज मंगलबार राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन भनेको थियो ।

१० अर्बको औषधि उपकरण खरीदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ३७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना