७ पुस २०८२, सोमबार | December 23, 2025

कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २३ लाख १० हजार बिगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय मुगुका तत्कालिन सव–इन्जिनियर राजेन्द्र शाही, ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायाँनाथ रारा नगरपालिका–१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावत रहेका छन् ।

अख्तियारदे दायर गरेको मुद्दामा उनीहरुसँग २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : १९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत