७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बाँकेमा सर्वसाधारणले बुझाए ८० थान हतियार



नेपालगन्ज । बाँके जिल्लामा हालसम्म सर्वसाधारणबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त ८० थान हतियार प्रहरी प्रशासनसमक्ष बुझाइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनको आह्वानमा सर्वसाधारणले प्रहरी समक्ष हतियार बुझाउका हुन् ।

गत माघ ६ गते जिल्ला प्रशासन कार्यालय बाँकेले चुनावी सुरक्षालाई मध्यनजर गर्दै लाइसेन्स प्राप्त तथा अवैध हतियार अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोही सूचनापछि हालसम्म ८० थान हतियार सम्बन्धित निकायमा बुझाइएको हो ।

बुझाइएका हतियारमध्ये बारबोर र भरुवा बन्दुक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए। “हालसम्म ८० थान हतियार बुझाइएको छ, तर यो संख्या अझै बढ्न सक्ने देखिन्छ,” उनले बताए।

उनले समयमै हतियार बुझाउन सबैलाई आग्रह गर्दै जो–जससँग हतियार छन्, तोकिएको समयभित्र अनिवार्य रूपमा बुझाउन र नबुझाई लुकाएर राखेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिए ।

प्रहरीले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्थापन तीव्र पारिएको जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : ४४ बजे

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का