१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोहलपुर दाम्पत्ति हत्याकाण्ड : नेपालगन्जका ‘कन्ट्रयाक किलर’बाट हत्या भएको खुलासा



नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतिपुरमा भएको दाम्पत्ति हत्याकाण्डमा नेपालगन्जका कन्ट्रयाक किलर प्रयोग भएको खुलासा भएको छ ।

कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्याका योजनाकार सहोदर दाजु बिजयले भारतीय सुटरलाई सुपारी दिएर हत्या गराईएको पहिलो बयान दिएपनि पछि प्रहरी समक्ष नेपालगन्जकै कन्ट्रयाक किलरलाई सुपारी दिएको बयान फेरेका छन् ।

दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगन्ज उपमहानगरपालिका १९ का राजन सोनकर र वडा नम्बर १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । हत्या आरोपी राजन र सकिल मंगलवार मध्यराती हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ परेका राजन र सकिलले विजय र रेखाले ५० हजार रुपैयाँ दिएर भाई कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको प्रहरी समक्ष स्वीकारेको डीएसपी न्यौपानेले बताए ।

प्रहरीका अनुसार विजय र रेखाले शुरुमा भारतीय सुटरलाई एक लाख रुपैयाँ दिएर सुपारी दिए पनि पैसा बुझेर भारतीय किलरहरु सम्पर्कमा नआएपछि नेपालगन्जका राजन र सकिलमार्फत् हत्या गराएका हुन् । घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले शुरुमा एक गोली पड्काएर तर्साई त्यसपछि उनीहरूको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजन र सकिलले हत्या गरेर निस्केपछि विजय र रेखा दुबैजना मिलेर मृतक कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ०४ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल