बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । सरुवा भएकाहरुमा बुटवल उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतमा बाणगंगा नगरपालिकाबाट टेकराज पन्थीलाई सरुवा गरिएको छ भने सिद्धार्थनगर नगरपालिकामा मन्त्रालयको अतिरिक्त समुहका नवराज पौडेललाई पठईएको छ । देवदहका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासे लुमिबनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् भने मुख्यमन्त्री कार्यालय लुम्बिनीमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत रोमकान्त पाण्डेयलाई सरुवा गरिएको छ ।
बसटवलका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारती यसअघि नै सरुवा भएर गएका कारण बुटवल उपमहानगरको प्रशासकिय अधिकृत रिक्त थियो ।
[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/07/MOFAGA_Notice.pdf”]


















प्रतिक्रिया