२७ माघ २०८२, मंगलबार | February 11, 2026

अर्थमन्त्री जनार्दन शर्माले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन् ।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै अपरान्ह अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन ।

गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मा २५ दिनपछि पुनः मन्त्रीमा नियुक्त भएका हुन् ।

करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनलाई सघाउन भन्दै शर्माले राजीनामा दिएका थिए । शर्माबारे छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते नै संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । तर, छानबिन समितिले शर्मामाथि लागेका कुनै पनि आरोप पुष्टि हुने प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ३१ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा