२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्षबीच छलफल



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो ।

अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने, “निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।”

नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो । उनले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेकाले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न उपाध्यक्ष लाभाषासँग अनुरोध पनि गरे ।

नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि मन्त्री शर्माले अनुरोध गरे । कोभिड-१९ महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगका लागि उनले धन्यवाद दिए ।

सो अवसरमा उपाध्यक्ष लाभाषाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए । अर्थमन्त्री शर्माले दिएको मार्गदर्शनअनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ३९ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको