२१ मंसिर २०८२, आइतबार | December 7, 2025

थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई विरुद्ध मुद्धा



नेपालगन्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ।

राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएको आधारमा चौलागाईँलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : १२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल