१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जापानमा नेपाल फेस्टिबल, १ लाख भन्दा बढी अवलोकनकर्ता



टोकियो । जापानमा नेपाल फेस्टिबल मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो ।

राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिवल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

फेस्टिवललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो । फेस्टिवल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना गरेका थिए ।

उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी र फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागिता थियो। यस्तै फेस्टिवलमा टोकियोमा रहेका आधा दर्जन विदेशी नियोगका प्रतिनिधिहरु सहभागी थिए ।

फेस्टिवलमा नेपालको पर्यटन, मौलिक कला संस्कृति, सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक खाना परिकारहरु प्रर्दशन गरिएका थिए ।

फेस्टिबलमा झण्डै दुई दर्जन नेपाली व्यवासायीको स्टल राखिएको थियो । फेस्टिबल अवधिभर निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो ।

राजधानी टोकियो र आसपासका प्रान्तसहित सबैभन्दा टाढाको ओकिनावा, होक्काइदोबाट समेत नेपालीहरु फेस्टिबलमा सहभागी भएका थिए । झण्डै १ लाखले फेस्टिबलको अवलोकन गरेको बताइएको छ ।

नेपालीबाहेक जापानी, बेलायती, अमेरिकी, भारतीय, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन तथा युरोपियन देशका जापानमा बस्ने दर्जनौं विदेशीहरुले फेस्टिबलको अवलोकन गरेका थिए ।

नेपालको भौगोलिक विविधता, कला संस्कृति, रितिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्यले जापानमा हरेक वर्ष नेपाल फेस्टिबल आयोजना गरिन्छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५२ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त