२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८ सय ५० जना जाने



काठमाडौं । जापानी भाषा र परीक्षा परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।

बुधवार मन्त्रालयले बिज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीर्णलाई सीपयुक्त श्रमिक कोटावाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिवार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्र्तगत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परिक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन ।

दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच बर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बीचमा अनौपचारिक सहमति भएको थियो । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापनामा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।

कोरोना महामारीका कारण झन्डै ३ बर्ष अडकिएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापानबीच संयुक्त बैठक बस्न लागेको हो ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : ४१ बजे

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी

न्यायालय कब्जा गर्न सरकार उद्यत रहेको सांसद बलावती शर्माको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सरकारले

राष्ट्रपतिको सम्बोधनका बेला प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसको आपत्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

मालपोत बाँकेमा लाइसेन्सवाला समूहको असुली धन्दा

नेपालगन्ज । सरकारले मालपोत लगायतका कार्यालयहरूबाट बिचौलिया हटाउने निर्णय गरेसँगै

श्रममन्त्रीको सचिवालयमा रहेका मुस्तकिम मियाँ अपहरण र शरीर बन्धक आरोपमा पक्राउ

जनकपुरधाम । श्रममन्त्री रामजी यादवको सचिवालयमा कार्यरत सवारी चालक मुस्तकिम