२७ माघ २०८२, मंगलबार | February 10, 2026

नेपालगन्ज उपमहानगरमा नगर प्रमुखको छड्के, ३२ जना कर्मचारी बिना सूचना अनुपस्थित



नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले हरेक दिन आफै उपस्थित हुने उपमहानगरपालिका कार्यालयमा छड्के अनुगमन गर्दा उपमहानगरमा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा बिना सूचना अनुपस्थित भएको पाइएको छ । बिना सूचना अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहिवार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनूगमन गर्दा ३२ जना कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भएर हाजिरी नगरेको पाइएको हो । नगर प्रमुख विष्टका अनुसार विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित रहेको पाइएको छ ।

नगर प्रमुख विष्ट सहितको टोलीले उपस्थित रहेका कर्मचारीहरु मार्फत सबै कर्मचारीलाई दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनूगमन गर्ने जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहिवार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनूगमन गरेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १ : ११ बजे

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत