११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुनेभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले मंसिर ४ गते एकैदिन देशभर प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटका लागि निर्वाचन मिति घोषणा गरेको हो ।

मंसिर ४ गते एकैदिन निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचन मिति तोक्ने विषयमा सहमति गरेको थियो ।

निर्वाचन आयोगले पहिले नै मंसिर २ गते निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । आयोगले १२० दिनको समयअवधि राखेर सिफारिस गरेको थियो । तर, सरकारले भने निर्वाचनका लागि १०७ दिनको अवधि राखेर मिति तोकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ०९ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’