१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

साउनमा मात्रै १७ संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कोरोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । १ साउनयता मात्रै १७ संक्रमितको मृत्यु भएको तथ्यांक छ । तीमध्ये ६ जनाले खोप लगाएका थिएनन् भने अर्का एकले ‘एक डोज’ मात्र लिएको पाइएको छ ।

एउटा मात्रै खोप लगाएकोमा क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट ग्रस्त थिए । अहिले संक्रमणका कारण स्वास्थ्य जटिलता भएर सघन उपचार गराउनेको संख्यासमेत बढ्दै गएको छ । सघन उपचार पाइरहेकामध्ये धेरैजसो दीर्घरोगी रहेको चिकित्सकले बताएका छन् ।

गत २१ वैशाखदेखि ७३ दिनसम्म कोरोना मृत्यु शून्य रहेकामा १ र २ साउनमा कोभिड निमोनियाका कारण एक जनाको धरान र एकको काठमाडौंमा मृत्यु भएको थियो। यसपछि दैनिकजसो कोभिड-१९ संक्रमितको मृत्यु हुने दर बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप नलगाएकामा कडाखाले कोभिड संक्रमण देखिएको छ । मध्यम वा कडा लक्षण देखिए पनि त्यस्ता व्यक्ति केही दिनमै निको हुने गरेका छन् । खोप लगाएकाका हकमा मध्यमखाले कोरोनाको सामान्य लक्षण मात्रै देखिएको छ ।

डा. अधिकारीका अनुसार संक्रमण दरको ग्राफले अर्को लहरको संकेत गरेको छ । तर, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने देखिँदैन । स्वास्थ्य मापदण्ड पालना गरे जोखिम घट्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् । पछिल्लो साताको तथ्यांक हेर्दा गत १५ साउनमा ६ सय २० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै, १४ साउनमा ४ सय ३८ जनालाई संक्रमण देखिँदा दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत १३ साउनमा ५ सय ७७ जनामा संक्रमण देखिएको दुई जनाको मृत्यु भयो । १२ साउनमा ७ सय १० जनामा संक्रमण देखिँदा दुई जना र ११ साउनमा ५ सय ६४ जनामा संक्रमण देखिँदा एकको मृत्यु भएको थियो । नेपालमा पहिलोपटक ९ माघ २०७६ मा संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित १० चैतमा देखियो ।

दोस्रो संक्रमित देखिएपछि मुलुकभर लकडाउन भयो । पछिल्लो तथ्यांकअनुसार हाल नेपालभर ४४ जना आईसीयूमा छन् । ५ हजार ६ सय २ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३ हजार १ सय छन् । ललितपुरमा ६ सय ९१ र भक्तपुरमा ७९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ११ बजे

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम