१८ पुस २०८२, शुक्रबार | January 2, 2026

निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति



काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएका छन्।

मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्र्तगत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन्। अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाट पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने बताइएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित उद्योग एवं घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक–पटक ट्रिपिङ हुने, विद्युत् लाइन अवरुद्ध हुने, विद्युत्को गुणस्तर न्यून हुनेजस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएका थिए ।

विद्युत् प्रसारणमा पटक–पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिक वर्षौँदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएको उनको सचिवालयले जनाएको छ । मन्त्री यादवले विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

सङ्घले मन्त्रालयमा आज पत्र पठाएर मन्त्री यादवलाई धन्यवादसमेत दिएको उनका स्वकीयसचिव निखिल वरनवालले जानकारी दिए । विद्युत् प्रसारण लाइनका विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाठ पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने अध्यक्ष डा गुप्ताको विश्वास छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ३२ बजे

कैदी आममाफीका लागि कतार सरकारप्रति नेपालद्वारा कृतज्ञता

काठमाडौँ । कतार सरकारले त्यहाँ कैद १३ नेपाली नागरिकलाई आममाफी

नारायणगढ-गैँडाकोट आइकोनिक केबल-स्टेड पुल निर्माणले लियो गति

नारायणगढ । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय