७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

कार्चेनको कार्यकाल सकिएसँगै मन्त्री छान्न माओवादी कर्णाली संसदीय दलको बैठक



सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरीङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएलगत्तै आज नेकपा माओवादी केन्द्र सांसदीय दलको बैठक सुरु भएको छ ।

माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो । संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा भएका हुन् ।

शाही मन्त्री बन्दै
कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ । यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ ।

रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ । ११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् ।

यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।
मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि संसदका विषयगत समितिमा रहेर काम गरिरहेका छन् । शाह सचेतक रहेकी छिन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १२ : ४२ बजे

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

बेनी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको

संसदमा खोजियो छिनछिनमा बत्ती काटिने समस्याको समाधान

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले)का

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका