१ चैत्र २०८२, आइतबार | March 16, 2026

चुनावी तालमेलका लागि बनेको सत्ता गठबन्धनको कार्यदल बैठक २६ गते पुनः बस्ने



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनले तालमेलको मोडालिटीका लागि आज पहिलोपटक छलफल गरेका छन् ।

चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठकमा सोमबार सामान्य छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा तालमेलको मोडालिटीको विषयमा आज सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । साउन २६ गते अर्को बैठक बस्ने निर्णय गरेको कार्यदलले त्यसअघि दलहरुभित्र आन्तरिक छलफल गर्ने भएको छ ।

बैठकले कार्यदल संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । यसैगरी जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा कार्यलले मापदण्ड बनाउने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : १८ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन