२० मंसिर २०८२, शनिबार | December 6, 2025

चुनावी तालमेलका लागि बनेको सत्ता गठबन्धनको कार्यदल बैठक २६ गते पुनः बस्ने



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनले तालमेलको मोडालिटीका लागि आज पहिलोपटक छलफल गरेका छन् ।

चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठकमा सोमबार सामान्य छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा तालमेलको मोडालिटीको विषयमा आज सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । साउन २६ गते अर्को बैठक बस्ने निर्णय गरेको कार्यदलले त्यसअघि दलहरुभित्र आन्तरिक छलफल गर्ने भएको छ ।

बैठकले कार्यदल संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । यसैगरी जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा कार्यलले मापदण्ड बनाउने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : १८ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय