१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उपत्यका ट्राफिकको विशेष चेकिङ, बिहानै २६५ चालक कारवाहीमा



काठमाडौं । उपत्यका ट्राफिक अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान गरेको विशेष चेकिङका क्रममा २ सय ६५ जना चालक कारबाहीमा परेका छन् । त्रिभूवन बिमानस्थल आसपासको क्षेत्र तथा उपत्यकाका बिभिन्न स्थानमा भएको बिशेष चेकिङमा २६५ सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।

उपत्यका ट्रापिक प्रहरीका अनुसार पानी बोक्ने सवारी साधन ९३ वटा,प्रेसको सवारी साधन १ वटा , एयरपोर्ट भित्र तथा बाहिर सञ्चालन भई मिटरमा जान नमान्ने ट्याक्सीहरु ३४ वटा, एम्बुलेन्स ५ वटा र अन्य सवारी साधन १ सय ३२ गरी जम्मा २ सय ६५ वटा सवारी साधनका चालक कार्वाहीमा परेका हुन् ।

जसमध्ये मदिरा पिएर पानी बोक्ने सवारी साधन चलाउने ३ जना चालकलाई समेत कारबाही गरिएको छ । एयरपोर्ट भित्रिने तथा बाहिरिने ट्यासीहरु मिटरमा जान नमान्ने जनगुनासो बढेकोले नियम विपरित चल्ने ट्याक्सीहरुलाई विशेष अभियानकै रुपमा कार्वाही गर्न थालिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ५८ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण