२२ मंसिर २०८२, सोमबार | December 8, 2025

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै



रुपन्देही । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए । जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो । २०६७÷६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आव २०७६÷७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो ।

यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनःबढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउँछन् । डेङ्गुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उनको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेङ्गुको वस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रुप लिनसक्ने बताए ।

“खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ”, उनले भने । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडामा डेङ्गु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो । अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उनको भनाइ छ ।

विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउँछन । यो एक सरुवा रोग भएकाले महामारीको रुप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उनको जोड छ । यसको सङ्क्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुन्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र विरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेङ्गु भएको बुझ्नुपर्ने निरीक्षक शाह बताउँछन् ।

रासस

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : २१ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द